जानकी माध्यमिक विद्यालयको भवन अनुगमन

हिमाली आवाज । जिल्ला समन्वय समिति कास्कीले पोखरा महानगरपालिका वडा नं. १७ महतगौडास्थित जानकी माध्यामिक विद्यालयको निर्माणाधिन भवनको आज अनुगमन गरेको छ ।

नेपाल सरकार राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई(शिक्षा) को ७४ लाख ३५ हजार रुपैयाको लागतमा निर्माणधिन भवनको समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्री, जिल्ला आयोजना कार्यान्वय इकाई(शिक्षा) प्रमुख लालप्रसाद पोख्रेल, जनप्रतिनिधिहरु समेतले संयुक्तरुपमा निर्माण कार्यको अनुगमन गरे ।

अनुगमनका क्रममा समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले गुणस्तरीय विकास निर्माणका लागि स्थानीयको सक्रिय सहभागीता आवश्यक रहेको बताए । भौतिक निर्माणसंगै शिक्षाको गुणस्तरीयता वर्तमानको आवश्यकता भएको बताउँदै उनले शैक्षिक संस्थाहरु त्यसतर्पm केन्द्रित हुनु पर्ने आवश्यकतामा जोड दिए ।

जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का प्रमुख लालप्रसाद पोख्रेलले गुणस्तरीय शिक्षाका लागि शिक्षक, अभिभावक, विद्यार्थी एवम् व्यवस्थापन समितिको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरे । भुकम्प पश्चात कास्की जिल्लामा दुई अर्व रुपैया भन्दा बढी रकमको लागतमा विद्यालयको भौतिक संरचना निर्माण भई रहेको जानकारी दिंदै उनले अन्य आवश्यकता भएको स्थानमा पनि नयाँ भवन निर्माणमा जोड दिइने बताए ।

पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष तिर्थराज अधिकारीले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा एवम् भौतिक विकासमा स्थानीय श्रोत साधनको भरपुर उपयोग गरिदै आएको बताए ।

सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम भण्डारी, निर्माण समितिका संयोजक नगेन्द्र गुरुङ, प्रधानाध्यापक अर्जुन कडेल लगायतले विद्यालयका गतिविधि माथि प्रकाश पारेका थिए । विद्यालयमा हाल दुई सय ८० जना विद्यार्थी अध्ययनरत छन् ।

 

Comments
Loading...