विश्वभर अब १० जना बराबर १ जना कोरोना संक्रमित, संसार निकै जटिल अवस्थाबाट गुज्रिँदैछः डब्लुएचओ

एजेन्सी । विश्व स्वास्थ्य संगठनले विश्वको कुल जनसंख्याको १० प्रतिशत जनसंख्या कोरोनाभाइरसबाट संक्रमित भएको जनाएको छ । डब्लुएचओका आपतकालिन प्रमुख डा.माइकल रायनले सोमबार सो जानकारी दिएका हुन् ।

उनका अनुसार विश्वभर अब १० जना बराबर १ जना संक्रमित हुन सम्भावना देखिदै गएको छ । यसको अर्थ विश्वको ठूलो जनसंख्या कोरोना महामारीको खतरामा पर्ने देखिएको छ ।

सहरी, ग्रामीण र केही समूहमा देखिएको संक्रमणको आँकडा भने फरक–फरक हुनसक्छ । उनले सतर्कताबाट मात्र धेरैको ज्यान बचाउन सकिने जानकारी दिएका छन् ।

पछिल्लो तथ्याँकअनुसार अहिले विश्वको कुल जनसंख्या ७ अर्ब ६० करोडभन्दा माथि भएको अनुमान छ । डब्ल्युएचओका अनुसार त्यसमध्ये अहिले ३.५० करोड मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् ।

Comments
Loading...