नेपाली विषयलाई निजी विद्यालयमा भुत बनाइएको छ

♦ बाबुराम पौडेल

निजी विद्यालय भनेको सबै व्यक्ति ,समाजमा शिक्षा प्रदान हेतुले कुनै पनि व्यक्ति बाट संचालित भन्ने बुझिन्छ । यसलाई व्यवसायिक तथा सामाजिक दृष्टिकोण दुबैबाट हेर्न सकिन्छ ।पुरानो इतिहासलाई  हेरेर तुलना गर्नुपर्दा  वर्तमान परिवेसमा व्यवसायनै अघाडी आउँछ । गुणस्तर भन्दा पनि  संख्यात्मकलाई  जोड दिई आइएको छ ।

केही विद्यालयहरुमा विद्यार्थीहरुको क्षमताको विकासलाई  आत्मसात् गरेका कारणलेनै उनीहरुको नाम माथी नै रहेकोे छ ।तर यस्तो अवस्था अधिकाँस विद्यालयहरुमा देखिदैन ।अझ भन्ने हो भने पढाइने नेपाली विषयको अवस्था नाजुक देखिन्छ ।

नेपाली विषयलाई नीजि विद्यालयमा भुत बनाइएको छ । जसकाकारण यस विषयका लागि थप कक्षाहरु सञ्चालन गरी कमाइ खाने भाँडो बनेको छ।यति  गर्दा पनि बच्चा नै कमजोर हुन भन्ने गरिन्छ । बच्चाको सृजनात्मक शैली  शुन्य छ । जतिसुकै खोरमा राखी पढाएपनि ! यी विद्यार्थीहरुको व्यथा कस्ले बुझ्ने?बच्चा जन्मिदै खेरी राष्ट्रिष् भाषा नेपाली हुन्छ ।तीन बर्ष पुगेपछि विद्यालयमा भर्ना गरिन्छ । तर बिडम्बना के छ भने पढ्दै गर्दा उसले पछि आएर आफ्नो नाम लेख्न  पनि सक्दैन ।यसैगरी उसलाई कुनै शीर्षक दिएर बोल्न लगाइयो भने उसको मुख बन्द रहन्छ ।

नेपाली विषय दिन प्रतिदिन खस्कदो अवस्था रहेकोे छ । विद्यार्थीहरुमा सिर्जनात्मक शैली न्यून रहेकोे छ ।यस्तो हुँदै गर्दा कता नेपाली विषय लोप हुने त होइन ? विद्यार्थीमा नेपालीका मात्रा सम्बन्धित ज्ञान पनि न्यून रहेको छ । यसरी  हेर्ने हो भने नेपाली विषय धराशायी बन्ने अवस्था देखिन्छ ।बोलीचाली भाषा मा पनि धेरै कमिकमजोरी रहेका छन् ।  विद्यार्थीहरुमा नेपालीका साहित्यिक बिधाहरुमा धेरै कमजोरी छन् । यसलाई माथि उठाउनका लागि निजी विद्यालयले विद्यार्थीहरुलाई थप कक्षा सञ्चालन गरेको छ । यसरी अन्य संघ संस्था ले पनि विभिन्न नेपाली भाषा र ज्ञान सम्बन्धि कार्यक्रमहरु सञ्चालन गरेका छन् । तर विकास भने हुन सकेको छैन।

नेपाली विषय पछि पर्नुमा अनेकौं कारणहरु छन् । पहिलो भनेको हरेक संघ संस्थाले अङ्ग्रेजी भाषाको आवश्यकता भन्दा बढी जोड दिनु हो ।अर्को भनेको संस्कृतिले पनि प्रभाव पारेको हुन्छ ।पश्चिमी संस्कृतिलाई अंकमाल गर्दै  हिड्दा पनि हामी सबैको राष्ट्रिय भाषा पछि परेको हो।अर्को विकृति हामी सबै नेपाली आफै दुईवटा भाषा मिलाएर बोल्ने गर्छौ ।यसरी बजारमा विदेशी भाषा सिकाउन लागि संस्थाहरु खोलिएका छन ।यस्तो हुँदै गर्दा नेपाली बिषय दुर्लभ हुने अवस्था देखिएको छ।

नेपाली भाषा र विषय को उत्थानका लागि हामी सबै अगाडी बढ्न जरुरी देखिन्छ ।मुख्यतः नीजि विद्यालयका शिक्षकहरुले नेपाली साहित्य तर्फ विद्यार्थीहरुमा अभिरुचि बढाउनु पर्छ । अर्को पक्ष विदेशी भाषालाई बढी जोड नदिइ आफ्नो  भाषा लाई प्राथमिकता दिनुपर्छ । यसरी  नेपाली साहित्यका कार्यक्रमहरु हरेक संघसंस्थामा सञ्चालन गर्न आवश्यक देखिन्छ ।

नेपाली भाषालाई  संरक्षण गर्नका लागि हरेक  शिक्षक ,अभिभावक ,बिषय विशेषज्ञले आफ्नो जिम्मेवारीको महसुस  गर्नुपर्छ । विद्यालयमा शिक्षकले विद्यार्थी को कमजोरी देख्नु ,घरमा अभिभावकले बच्चाको कमजोरी देख्नु भनेको आफू जिम्मेवारीबाट पर सर्न खोज्नु हो।अन्ततः हामी सबै आ आफ्नो क्षेत्रबाट उठेर यसको उत्थानका लागि अग्रसर रहियो भने हामी सबैको पहिचान रहने छ । 

(लेखक पोखराको एक निजी विद्यालयमा अध्यापन गर्दछन् ।)

Comments
Loading...