मनसुनजन्य घटनामा ४०२ को मृत्यु

काठमाडौँ,२१ असोज । यस वर्ष मनुसुनजन्य विपद्को घटनाबाट मुलुकभर ४०२ जनाले ज्यान गुमाएका छन् ।

गृहमन्त्रालयले दिएको जानकारी अनुसार विपद्बाट मुलुकका ४९ जिल्लामा ४०२ ले ज्यान गुमाएका छन् भने १०१ जना बेपत्ता छन् । घटनामा ४४६ घाइते भएका छन् । प्रारम्भिक प्रतिवेदनअनुसार कूल ५१४ घर क्षति भएको जनाइएको छ ।

पहिराले सिन्धुपाल्चोकमा सबैभन्दा बढी क्षति पुर्यायो भने बाढीले बाग्लुङमा बढी क्षति गर्यो । सिन्धुपाल्चोकमा सबैभन्दा बढी ७२ को मृत्यु भएको छ भने ३९ अझै बेपत्ता छन् ।

Comments
Loading...