जीप दुर्घटनामा परी वडाध्यक्ष सहित ५ जनाको मृत्यु

काठमाडौँ । जाजरकोटको जुनीचाँदे गाउँपालिका–१ औलभीरमा जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा जुनीचाँदे वडा नम्बर ११ का वडाध्यक्ष अमरबहादुर शाहीको सहित स्थानीय खेमराज शाही, कृतिबहादुर शाही, कृष्णबहादुर शाही र मालिका बस्नेतको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र रेग्मीले जानकारी दिए ।

दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् ।

Comments
Loading...