पर्यटनलाई कृषिसँग जोड्नुको विकल्प छैन :सांसद बराल

हिमाली आवाज । गण्डकी प्रदेशसभा सदस्य रामजी प्रसाद बराल (जीवन)ले पर्यटनलाई कृषिसँग जोड्दामात्र पर्यटन दिगो रुपमा विकास हुने बताएका छन् ।

संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको तारा गाउँ विकास समितिको आयोजनामा पोखरा–१८ सराङकोटमा गत असोज १८ देखी शुरु भएको होमस्टे पर्यटन विकास सम्वन्धी आधारभूत तालिमको आज समापन उनले भने,“अब हामीले कृषि र पर्यटनलाई अलग बनायरसमृद्धि हासिल गर्न सकिदैन, केही ठुला होटलले होमस्टे संचालन हँुदा होटललाई असर पर्छ भन्नु गलत मानसिकता हो, होमस्टेले होटलको समेत प्रबद्र्धन हुन्छ ।”

गण्डकी प्रदेश सरकारले ३०० होमस्टेका लागि पूँँजीगत अनुदान उपलव्ध गराएको बताउँदै सांसद बरालले प्रत्येक होमस्टेमा एउटा एउटा पहिचान(युनिक) विशेषता हुनुपर्नेमा जोड दिए ।

समाजवादोन्मुख संघीय गणतन्त्रात्मक शासन व्यवस्थाको साढे दुई वर्षको अवधिमा समृद्धिको आधार निर्माण भएको चर्चा गर्दै सांसद बरालले ज्ञान,सीप, क्षमता र खुबीहरुको सही पहिचान र प्रयोगबाट मात्र समृद्धि हासिल हुने बताए ।

उनले विगतको राज्यले युवाहरुलाई सीप बिहिन बनाएको आरोप लगाउदै सांसद बरालले अब सिप, परिश्रम, मेहनत, आत्मनिर्भर तर्फ युवा केन्द्रित हुनु पर्ने बताए ।
पोखरा १८ का वडा अध्यक्ष रणबहादुर थापाले पर्यटन पूर्वाधार निर्माणमा आफूहरुले सहयोग गर्ने जनाए । नेकपा कास्की सचिवालय सदस्य राजु तिमिल्सिनाले नेपालको श्रम विदेशमा गएर बेच्नुपर्ने बाध्यता अन्त्यका लागि स्थानीय उत्पादनको उपयोग गरी स्वदेशमै ज्ञान, सीपको प्रयोगमार्फत समुन्नत नेपाल निर्माणमा इट्टा थप्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा युवा व्यवसायी एवं नेकपा का नेता जनक पराजुली, नेकपा पोखरा–१८ का अध्यक्ष पुष्कल बहादुर थापा लगायतले आर्थिक विकासमा अब होमस्टे प्रबद्र्धन गर्नुपनेमा जोड दिएका थिए ।

तालिमका प्रशिक्षक शम्भु कार्की, लक्ष्मण भण्डारी सहितको टोलीले तालिममा सहभागिलाई एउटा बस्तुबाट धेरै खानाका परिकार बनाएर प्रर्दशन गराएका थिए । तालिममा सहभागि सविता तिमिल्सिना, सुदिप अधिकारीले तालिममा सिकेको सिप अब लागु गर्ने जनाउदै आफुहरुलाई कुक र हस्पिटालिटि सम्बन्धि थप तालिम आवश्यक भएको माग गरे ।

सराङकोटमा हालसम्म १५ वटा सामुदायिक होमस्टे रहेको उपाध्यक्ष कृष्ण तिमिल्सिनाले बताए ।तालीममा ७ जना पुरुष २३ जना महिला सहित ३० जना युवाहरु उक्त तालिममा सहभागि भएको सराङकोट सामुदायिक होमस्टेका अध्यक्ष बलराम तिमिल्सिनाले बताए । 

Comments
Loading...