मादी गाउँपालिकाको प्रवक्तामा लालबहादुर

हिमाली आवाज । मादी गाउँपालिकाको प्रवक्तामा वडा नं ७ का वडाध्यक्ष लालबहादुर गुरुङ चयन भएका छन् ।

गाउँ कार्यपालिकाको आजको बैठकले गुरुङलाई गाउँपालिकाको प्रवक्ता तोक्ने निर्णय गरेको अध्यक्ष बेदबहादुर गुरुङ(श्याम)ले बताए ।

त्यसैगरी कार्यपालिका बैठकले कृषिमा उत्पादन बढाउन तरकारीको बेर्नाका लागी एक वडा एक नर्सरी स्थापना गर्ने, सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत गाउपालिका भित्रका सम्पुर्ण खर तथा फुसको छाना हटाउन जस्ता पाता उपलब्ध गराउने र त्यसका लागि वडा कार्यलयले १० दिन भित्र खरका छाना भएका बिबरण संकलन गरी पठाउने, .याङ्जाकोट तोगी वार्चोक भाचोक नागीधर पोशी पर्क्यु मोटर बाटोको आइइइी गर्ने, कसेरी भैसे याङ्जाकोट मोटरबाटो निर्माण समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई बिजयपुर खोलाको मादी गाउपालिका खण्डबाट नियमअनुसार रोयल्टी लिई गिटी बालुबा उपल्ब्ध गराउने निर्णय गरेको छ ।

त्यसैगरी एक गाउपालिका एक खेलकुद ग्रामका लागी भगवतीटार आसपास उपयुक्त स्थलमा डिपिआर गर्ने, मादी ३ याङ्जाकोटको सामुदायिक विद्युत उपभोक्ता समितिलाई नयाँ ट्रान्सफरमर उपलब्ध गराउने, गाउपालिकामा थप केही कोठा आबश्यक रहेकोले ट्रष्ट कोठा निर्माण गर्ने, बुद्द पोखरी मर्मत गर्ने र करार सेवामा विद्यालयको शिक्षक , कर्मचारी भर्ना छनोट सम्बन्धी कार्यबिधी २०७७ पारित गरेको छ ।

गाउँपालिकाले कोभिड अस्पताल थप व्यवस्थापन एवं डाक्टर नर्स कर्मचारी नियुक्ति, बर्षातको समयमा सडक मर्मत संभार खर्च अनुमोद, निर्माण सम्पन्न भएका वडा कार्यालयहरु , स्वास्थ्य संस्थाहरु, मोटरेवल पुलहरु , झोलुङ्गे पुलहरु , विद्यालय लगायत संरचनाहरु उद्घाटन गर्ने, रेडक्रस, कास्कीको निर्माणाधीन बल्ड बैक भवनको लागि रु ५ लाख अनुदान सहयोग गर्ने, मानव सेवा आश्रम कास्कीलाई रु एक लाख सहयोग गर्ने तथा सामाजिक सुरक्षा भत्ता दशै अगाडी उपलब्ध गराउने र युवा स्वरोजगार र विशेष कृषि अनुदानको कडाई पूर्वक अनुगमन गर्ने निर्णय गरिएको नवनियुक्त प्रवक्ता गुरुङले हिमाली आवाज डटकमलाई जानकारी दिने ।

Comments
Loading...