विद्यालय हिँडेकी बालिका अपहरण गर्ने दुई पक्राउ

बागलुङ,२२ असोज । विद्यालय हिँडेकी बालिका अपहरण गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ ।

काठेखोला गाउँपालिका–६ की एक बालिकालाई गत मङ्गलबार जबरजस्ती मोटरसाइकलमा राखी अपहरण गरेको आरोपमा सोही ठाउँका दुई युवा पक्राउ परेका हुन् ।

प्रहरीले बुधबार साँझ १९ वर्षीय प्रेम परियार र २४ वर्षीय सुन्दर बिकलाई पक्राउ गरेको छ ।स्थानीय एक विद्यालयमा वैकल्पिक शिकाईका लागि हिँड्दै गरेकी बालिकालाई जङ्गल छेउमा सडकबाट उठाएर मोटरसाइकलमा राखेको देखेपछि स्थानीयले उद्धार गरेका थिए ।

दुवैलाई अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालत बागलुङले ७ दिनको म्याद थप गरेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए ।

Comments
Loading...