पोखरामा ८३ वर्षीय कोरोना सङक्रमितको मृत्यु

हिमाली आवाज । पोखरामा आज एक कोरोना संक्रमितको मृत्यु भएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रको आइसीयूमा उपचाररत पोखरा १६ का ८३ पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

असोज १३ गते कोरोना पुष्टि भएपछि केन्द्रको आइसियुमा भर्ना भएका वृद्धको विहान १०ः४३ मा उपचारकै क्रममा मृत्यु भएको अस्पतालका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिए ।

बृद्धमा कोरोनासँगै मधुमेह र मृगौलासम्बन्धी समस्या रहेको बताइन्छ ।

Comments
Loading...