मोटरसाइकल दुर्घटनामा पोखरामा २८ वर्षीय युवकको मृत्यु

हिमाली आवाज । पोखरामा आज विहान भएको सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

स्याङ्जाको विरुवा गाउँपालिका–८ घर भई हाल पोखरा–१५ बस्ने २८ वर्षीय दिलिप गुरुङ दुर्र्घटनामा घाइते भएपछि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

गुरुङले चलाएको ग १६ प ५०६ नम्वरको मोटरसाइकल पोखरा महानगरपालिका–६ हल्लनचोकबाट जिरोकिमीतर्फ आउँदै गरेको अवस्थामा विहान १ः३० बजेको समयमा बुलौँदीमा सडक डिभाइडरमा ठोक्किएको थियो ।

उनको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा विहान २ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा गुरुङ एक्लै सवार रहेको बताइन्छ ।

Comments
Loading...