नेपालमा आज सर्वाधिक चार हजार ३६४ जनामा कोरोना पुष्टि

काठमाडौं, २२ असोज । नेपालमा ४३६४ जना कोरोना संक्रमित थपिएका छन् । परीक्षणका क्रममा विभिन्न जिल्लामा गरी ४३६४ जना कोरोना सङ्क्रमित थपिएका हुन् ।

बिहीबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरी १८ हजार ४७३ जनाको पिसिआर टेष्ट गरेकोमा नयाँ ४३६४ जनामा कोरोना संक्रमण देखिएको बताए ।

यो सँगै सङ्क्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । गौतमले गत २४ घण्टामा कोरोना भाइरस निको भएर २ हजार ६७५ जना डिस्चार्ज भएको र डिस्चार्ज हुनेको कुल संख्या ७१ हजार ३४३ पुगेको समेत जानकारी दिए ।

Comments
Loading...