पोखराका राजेश गुरुङ तेस्रो पटक राखेप सदस्यमा मनोनित

हिमाली आवाज । पोखराका राजेशकुमार गुरुङ तेस्रो पटक राष्ट्रिय खेलकूद परिषद्(राखेप)को सदस्यमा मनोनित भएका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को हालैको बैठकले गण्डकी प्रदेशबाट गुरुङ सहित नौ जनालाई राखेप सदस्यमा मनोनित गरेको हो ।

खेलकूद विकास विधेयक २०७७ को परिच्छेद ३ को उपदफा २ को (ट) वमोजिम नौ जनालाई मनोनित गर्दै राखेप बोर्डलाई पूर्णता दिइएको छ । त्यसैगरी चन्द्र वदना राई (प्रदेश १ ), नन्दा वस्याल (कर्णाली प्रदेश), सुमित्रा चौधरी (प्रदेश ५), हरि खडका (प्रदेश १), एकेन्द्र कुँवर (सुदुर पश्चिम प्रदेश), पुरेन्द्र विक्रम लाखे (बागमती प्रदेश), मोहमद साविर शेख (प्रदेश २), मनदेव हजारा(प्रदेश न २) छन् ।

युवा तथा खेलकुद मन्त्री जगत वहादुर विश्वकर्मा (सुनार)को प्रश्तावमा मन्त्रिपरिषद्ले राखेप बोर्डमा नियुक्ति गर्ने निर्णय गरेको हो । महिला कोटावाट संघ संस्थाको प्रतिनिधित्व गराउदै रेणुका श्रेष्ठ र सुवर्ण श्रेष्ठलाइ राखेपको सदस्यमा मनोनयन गरिएको छ ।

यसअघि गत साउन १५ गते मन्त्री विश्वकर्माले राखेप सदस्यमा रिम वहादुर रानाभाट, इन्दिरा निरौला, सम्पन्न श्रेष्ठ, शुभाष श्रेष्ठ, गोविन्द प्रसाद भट्टराई, अर्जुन वहादुर केसीलाई मनोनयन गरेका थिए ।

Comments
Loading...