शनिबार अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिका तथा पोखराको केही क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने

हिमाली आवाज । नेपाल विद्युत प्राधिरण पोखरा वितरण केन्द्रले असोज २४ गते शनिबार लुम्ले र धिताल फिडर अन्तर्गतका क्षेत्रमा विहान ८ बजेदेखी साँझ ४ बजेसम्म विद्युत आपूर्ति अवरुद्ध हुने जनाएको छ ।

पोखरा वितरण केन्द्रले आज एक सूचना जारी गरी अन्नपूर्ण गाउँपालिकाको लुम्ले, सल्यान, नयाँपुल, विरेठाँटी, चन्द्रकोट र ह्वाडी तथा माछापुच्छ्रे गाउँपालिकाका हेम्जाकोट, अस्ताम,धिताल,खोराकोमुख, ल्वाङघलेल, सिदिङ लगायतका क्षेत्रमा मोदी लेखनाथ १३२ केभी प्रसारण लाइन विस्तार गर्नुपर्ने भएकाले बिजुली नआउने जनाएको छ ।

त्यसैगरी सिटी फिडर अन्तर्गत रानीपौैवा, भेटेरेनरी अस्पताल तथा माटेपानी क्षेत्रमा समेत विहान ८ बजेदेखी ११ बजेसम्म विद्युत आपूर्ति बन्द हुने विद्युत प्राधिकरणले जनाएको छ । भेटेनरी अस्पताल अघि रुखका हाँगा काट्नु परेकाले विद्युत नआउने बताइन्छ ।

Comments
Loading...