किनमेल नगर्न र पुरानै कपडा लगाएर दशैँ मनाउन स्वास्थ्य मन्त्रालयको सुझाव

हिमाली आवाज । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले भिडभाडमा गएर दसैंका किनमेल (सपिङ) नगर्न आग्रह गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमणको जोखिम झनझन् बढ्दै गएकोले दसैंमा भिडभाडमा सपिंङ नगर्न आग्रह गरेका हुन्। उनले घरमा भएका पुराना लुगा लगाएर यसपालीको दसैं मनाउन सुझाव दिए।

उनले भने, ‘यसपाली दसैं संयमित भई, भिडभाडमा सपिंङ नगरी आफैसँग भएका पुराना लुगा लगाएर पुजा आज गरी घरमानै बनाएको खाना खाएर घरकै परिवारमा मात्र बसेर मनाऔं, आफू र आफ्नो परिवारलाई संक्रमित हुन बाट बचाऔँ।’

सरकारले कोरोना महामारीका कारण यो दसैंमा जो जहाँ छ त्यहीँ बसेर मनाउन आग्रह गर्दै आएको छ । पछिल्लो समयको लकडाउन खुलेपछि घनाबस्ती भएका काठमाडौं लगायतका शहरहरुमा तीब्र रुपमा संक्रमित थपिएका छन्।

हाल नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ।

Comments
Loading...