कस्तो रहला आजको मौसम ?

हिमाली आवाज । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।

महाशाखाका अनुसार हाल बंगालको खाडीको पूर्वी–मध्य भागमा न्यून चापीय क्षेत्र रहेको भएको छ र उक्त निम्न चापिय क्षेत्र पश्चिम–उत्तर पश्चिम दिशा तर्फ सर्दै जाने देखिन्छ ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश मा आँशिक बदली रहने तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

भने, प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।यसैगरी, आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आन्शिक बदली रहने तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

यस्तै, प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

Comments
Loading...