पोखरामा उपचाररत एक सहित गण्डकीमा दुई कोरोना संक्रमितको मृत्यु

हिमाली आवाज । गण्डकी प्रदेशमा आज दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्याङ्जाको आँधिखोला गाउँपालिका–६ घर भई हाल बुटबल बस्दै आएका ८१ वर्षीय कोरोना संक्रमित पुरुषको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा हिजो राति मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । उनलाई हिजो कोरोना संक्रमण पुष्टि भएको र उनमा कोरोनासँगै मुट, मृगौला र पिसाव सम्वन्धी समस्या रहेको जनाइएको छ ।

त्यसैगरी नवलपरासीको गैँडाकोट नगरपालिका–१ ३६ वर्षीय संक्रमित पुरुषको हिजो दिउँसो चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ । त्यसैगरी कास्कीमा १० सहित ३१ संक्रमित थपिएका छन् । बाग्लुङमा ११, तनहुँमा सात र गोर्खामा तीन जना छन् ।

टिप्पणिहरु
Loading...