पोखरामा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री गुरुङ गम्भिर घाइते

हिमाली आवाज । पोखरामा आज मोटरसाइकलको ठक्करबाट एक जना गम्भिर घाइते भएका छन् ।

विहान अन्दाजी ०८ः३० बजेको समयमा पोखरा महानगरपालिका–२६ बुढिबजार स्थित प्रदेश नं.२(०१(००१ प १९७९ नं.को मोटरसाईकलले पैदल यात्री पोखरा–२७ रिठ्ठेपानी का ३२ वर्षीया सीता गुरुङलाई ठक्कर दिंदा उनी घाइते भएकी हुन् ।

घटनापछि उनलाई उपचारको लागि गण्डकी मेडिकल कलेज पठाईएकाकामा अवस्था सिरियस रहेको र मोटरसाईकल चालकलाई नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।

Comments
Loading...