पर्यटनमन्त्री भट्टराईलाई कोरोना संक्रमण पुष्टि

हिमाली आवाज । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको पीसीआर परीक्षणमा भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्री भट्टराईले आफूमा कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आफ्नो आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गरेका छन् ।

गत सोमबार कोरोना परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको थियो । त्यसक्रममा उनी काठमाडौं बाहिरका केही कार्यक्रममा सहभागी भएका थिए ।

शुक्रबार उपत्यकाबाहिरको कार्यक्रमबाट निवासमा फर्केपछि आफूमा हल्का ज्वरोको महशुस भएको भट्टराईले जानकारी दिएक छन् । त्यसपछि उनले आज शनिबार पुनः कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको आएको हो । भट्टराईले हालसम्म पनि हल्का ज्वरो बाहेक अरु कुनै समस्या नदेखिएको बताएका छन् ।

Comments
Loading...