नेकपा मादी ५ वडा कमिटीको शपथ

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मादी गाउँपालिका वडा नं ५ कमिटीको शपथ ग्रहण आज सम्पन्न भएको छ ।

नेकपाका केन्द्रीय सदस्य, गण्डकी प्रदेश कमिटीका सहइन्चार्ज एवं प्रतिनिधिसभा सांसद खगराज अधिकारीले २९ सदस्सीय वडा कमिटीलाई शपथ गराएका थिए । त्यस अवसरमा नेता अधिकारीले पार्टी अध्यक्ष केपी ओली नेतृत्वको वर्तमान सरकार समृद्ध नेपाल निर्माणको अभियान सहित अघि बढेको बताउँदै समृद्धिको आधार निर्माण भइरहेको बताए ।

कार्र्यक्रममा गण्डकी प्रदेशसभा सदस्य मनबहादुर गुरुङ, गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ, जिल्ला कमिटी सदस्य बुद्धिसागर सापकोटा,नेकपा मादी अध्यक्ष कृष्णराज दाहाल, सचिव पदम पौडेल लगायतले कमिटीलाइ बधाइ दिँदै अझै सक्रिया र कियाशिल भएर लाग्न निर्देशन दिएका थिए ।

वडा कमिटीको अध्यक्षमा एकबहादुर कार्की र सचिव शंकर बास्तोला तथा प्रवक्ता भीम गुरुङ रहेका छन् । कमिटी २९ सदस्सीय रहेको छ । शपथ कार्यक्रमको सञ्चालन कार्यवाहक सचिव विपिनराज सापकोटाले गरेका थिए ।

Comments
Loading...