पोखरामा जीपको ठक्करबाट धम्पुसकी २६ वर्षीया महिलाकोे मृत्यु

हिमाली आवाज । पोखरा–बाग्लुङ सडकखण्डमा गएराति भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

कास्कीको माछापुच्छ«े गाउँपालिका–७ धम्पुसका २६ वर्षीया स्कुटर चालक तारा विकको जीपको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्क अगाडि राति २१ः०५ बजेको समयमा हरिचोकबाट जिरोकिमीतर्फ आउँदै गरेको ग१ज ५८९६ नंको बलेरो जीपले बाटो काट्ने क्रममा ग १२ प ५३१३ नंको स्कुटरलाई ठक्कर दिएको थियो ।

दुर्र्घटना लगत्तै घाइते विकलाई उपचारका लागि फिस्टेल अस्पतालमा पु¥याइएकामा चिकित्सकले परीक्षण गर्दा २१ः२० बजे मृत घोषणा गरेको बताइन्छ ।

प्रहरीले जीप चालक गोर्खा आरुघाट गाउँपालिका–९ बस्ने २१ वर्षीय सुदीप विकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

Comments
Loading...