२८ औँ दिनमा तोडियो डा. केसीको अनशन

हिमाली आवाज । गत २८ दिनदेखि अनशनरत चिकित्सक प्राडा गोविन्द केसीले सरकारसँगको आठ बुँदे सहमतिपछि आज बिहान अनशन तोडेका छन् ।

डा केसीलाई अनशनस्थल, त्रिवि शिक्षण अस्पतालमा एक सरसफाइ कर्मचारीले जुस पिलाएर अनशन तोडाएका हुन् । केसीले गत भदौ १९ गतेदेखि जुम्लाबाट १९औँ अनशन शुरु गरेका थिए । स्वास्थ्यस्थिति खराब हुन थालेपछि सरकारले काठमाडौँ ल्याएको थियो ।

गएराति सरकारी वार्ता समिति र डा केसीबीच आठ बुँदे सहमति भएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव एवम् वार्ताटोलीका संंयोजक गोपी मैनाली र डा केसीले सहमतिमा हस्ताक्षर गरेका छन् ।

Comments
Loading...