कर्णालीका मुख्यमन्त्री विरुद्ध नेकपाकै सांसदबाट अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत, २५ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै सांसदहरूले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध पार्टीको प्रदेशसभा संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । शाहीविरुद्धको अविश्वासको प्रस्तावमा नेकपाका १८ जना सांसदहरुले हस्ताक्षर गरेका छन ।

उनीहरूले संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई प्रस्ताव दिएर प्रदेशसभा सचिवालयमा दर्ता गराएका छन ।अविश्वासको प्रस्तावमा पूर्वमन्त्री समेत रहेका सांसद यामलाल कँडेल, प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्तीमगर र नेकपाका कर्णाली प्रदेशका संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलगायत रहेका छन् ।

Comments
Loading...