चितवनको भरतपुरमा बतासले सञ्चालनमा ल्यायो महिन्द्रा शोरुम

हिमाली आवाज । बतास ब्रर्दश प्रालिले बाग्मती प्रदेशको चितवनमा महिन्द्रा शोरुम सञ्चालनमा ल्याएको छ ।

चितवनको भरतपुरमा स्थापना गरिएको शोरुमबाट महिन्द्रा ट्याक्टरको विक्री वितरण गरिने बतास ब्रर्दशका महिन्द्रा डिपार्टका प्रवन्धक पुष्प बरालले बताए ।

चितवन सहित हेटौँडा, नवलपरासी लगायतका क्षेत्रका ग्राहकहरुलाई लक्षित गरी शोरुम सञ्चालनमा ल्याइएको उनले बताए ।

प्रवन्धक बरालले भने,“महिन्द्राका ग्राहकहरुलाई सहज सेवा उपलव्ध गराउन शोरुम स्थापना गरेका हौँ ।निकट भविष्यमा सुविधासम्पन्न सर्भिस सेन्टर पनि शुरु गर्दछौँ ।”

बतासले नेपालीहरुको ठूला चाडपर्वहरु दशैँ तिहार तथा छठ पर्वलाई लक्षित गरी महिन्द्रा गाडी तथा ट्याक्टर खरिदमा विभिन्न सहुलियत तथा उपहारको योजना ल्याइएको जनाएको छ ।

ट्याक्टर खरीदमा बम्परमा पाँच केभिएको महिन्द्रा डिजेल जेनेरेटर,परिवारका चार सदस्यको कोरोना बिमा,तीन वर्षको निःशुल्क सर्भिसिङ वा रोटाभेटरमा ५० प्रतिशत छुटको सुविधा रहेको कम्पनीले जनाएको छ ।

Comments
Loading...