सरकारले दियो पुनः लकडाउन हुन सक्ने संकेत

हिमाली आवाज । सरकारले कोरोना संक्रमण बढिरहेकाले पुनः लकडान हुन सक्ने संकेत गरेको छ । पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तीव्र रुपमा बढिरहँदा सरकारले सबैलाई सतर्क रहन आग्रह गरेको छ ।

सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आज मन्त्रिपरिषद्का निर्यण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संक्रमणबाट सुरक्षित बस्न र लापरवाही नगर्न सबैलाई आग्रह गरेका हुन् ।

साथै सरकारका आग्रह नागरिक स्तरबाट अवज्ञा भएमा फेरि लकडाउन हुनसक्ने भन्दै उनले सचेत गराएका छन् ।चाडबाड निजकिँदै गर्दा यस्तो बेला संक्रमण झन् जटिल बन्नसक्ने भएकाले त्यसतर्फ ध्यान दिन पनि मन्त्री ज्ञवालीको आग्ह थियो । उनले बारम्बारको सरकारको अपिल पालना नभए कडा कदम चाल्नुपर्ने अवस्था आउने बताए ।

राजधानी काठमाडौँ लगायत देशभर पछिल्ला दिनमा संक्रमण ह्वातै बढेको छ । गण्डकी प्रदेशमा पनि आज १५२ संक्रमित थपिए ।

Comments
Loading...