सिदार्थ राजमार्ग अन्तरगत तानसेन बुटवल सडकखण्ड दैनिक ३ घण्टा बन्द हुने

पाल्पा । सिदार्थ राजमार्ग अन्तरगत तानसेन( बुटवल सडकखण्ड सोमबार बिहानदेखि आगामी असोज २९ गतेसम्म मर्मतका लागि बन्द हुने भएको छ ।

सिदार्थ राजमार्गको तानसेन बुटवल सडकखण्ड मर्मतका लागि दैनिक ३ घण्टा बन्द हुने सो राजमार्गको चिडियाखोलादेखि बर्तङ्गसम्मको सडक मर्मतका लागि बिहान ६ बजेदेखि ९ बजेसम्म दैनिक ३ घण्टा पूर्ण रुपमा बन्द गरिने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

राजमार्गको अधिकांश स्थान पहिरोका करण सडक एकतर्फी भएको हुँदा सवारीलाई पूर्ण रुपमा आवागमन बन्द गरेरै पहिरो पन्छाउने काम गर्न लागेको सडक डिभिजन पाल्पाका प्रमुख मुकुन्दराज अधिकारीले जानकारी दिए।

Comments
Loading...