लाहाचोकको महेन्द्र माविमा चार कोठाको पक्की भवन निर्माण शुरु

हिमाली आवाज । माछापुच्छ्रे गाउँपालिकाको लाहाचोक स्थित महेन्द्र माविमा आगामी मंसिर महिना भित्र सकिने गरी चार कोठे पक्की (आरसिसि) भवन, शौचालय र खानेपानी ट्याङकी निर्माण कार्य सुरु भएको छ ।

राष्ट्रिय पुनः निर्माण प्राविधिकरण जिल्ला आयोजना कान्वयन इकाई (शिक्षा) कास्कीको आर्थिक सहयोगमा उक्त भौतिक संरचना निर्माणको कार्य सुरु भएको बिद्यालय व्याबस्थापन समितिका अध्यक्ष रामप्रसाद अधिकारीले बताए ।

करिब ९६ लाखको लागतमा चारकोठे भवन सहित ३ वटा सौचालय र ३ मिटर लम्वाइ, साँढे दुई मिटर चौडाइ र १.५ मिटर गहिराइको पानी ट्याङकी निर्माण हुने भएको अध्यक्ष अधिकारीले जनाए । बिद्यालयमा हाल एक जिर्ण सहित ६ वटा भवन जसमा १८ कोठा रहेको बिद्यालयका प्रध्यानाध्यापक जगन्नाथ अधिकारीले बताए ।

यसैबीच उक्त चार कोठे पक्की (आरसिसि) भवन, शौचालय र खानेपानी ट्याङकीको विद्यालयमा हालै एक समारोहकाबीच शिलान्यास समेत गरिएको छ । गण्डकी प्रदेशका सांसद रामजी बराल (जीवन) ले उक्त भवनको शिलान्यास गर्दै समय सीमा भित्र रहेर गुणस्तरमा समेत ख्याल दियर उक्त संरचना निर्माण गर्न आग्रह गरे ।

शिक्षामा व्यापार गर्ने छुट आफुहरुले दिएको बताएका सांसद बरालले केही बिद्याथीहरु बाध्यताले गर्दा बोर्डिङ गएको जनाए । व्यक्तिको इच्छा, चहाना र क्षमता अनुसार उनीहरुलाई खुल्ला छाड्नु् पर्ने सांसद बरालले बताए । सीपमुलक शिक्षा आजको आवश्यकता भएको उनले जनाए । सांसद बरालले सवै नागरिकलाई सिप युक्त बनाउन प्रदेश सरकारले प्रदेश विश्वविद्यालय स्थापना गर्न लागेको बताए ।

गाउँपालिकामा महेन्द्र मावि सहितका केही बिद्यालयमा पूनः निर्माण अन्र्तगत करिब १० करोड बजेट विनियोजन भएको जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर क्षेत्री अधिकारीले बताए ।

धेरै दुःखले उक्त बजेट पारिएकोेले महेन्द्र माविमा हाल निर्माण हुने भवन सहितको संरचना समयमै निर्माण गर्न तर कुनै पनि वहाना बाजी नगर्न उनले आग्रह गरे । भौतिक संरचनासंगै गुणस्तरिय शिक्षामा सवै जुट्न प्रमुख अधिकारीले अनुरोध गरे ।

गाँउपालिकाका अध्यक्ष कर्ण बहादुर गुरुङले भूकम्पले माछापुच्छ«े गाँउपालिकामा केही प्रभाव परेकोले पुनः निर्माण, खानेपानी ट्याङकी र सौचालय लगायतका संरचनाका करिब २८ वटा योजना आफ्नो क्षेत्रमा परेको जनाए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य बिष्णु प्रसाद पौडेल, माछापुच्छ«े गाउँपालिका ४, का वडा अध्यक्ष पूर्ण बहादुर शाही, नेकपा जिल्ला कमिटी सचिवालय सदस्य प्रमिला अधिकारी, नेकपा का नेता टेकबहादुर श्रेष्ठ, कांग्रेसका नेता मधु सुधन अधिकारी लगायतले शिक्षाको बारेमा चर्चा गरेका थिए ।

टिप्पणिहरु
Loading...