क्यानको साधारण सभा पुनः स्थगित !

काठमाडौं, असाेज २६ । असोज २८ गतेका लागि तोकिएको नेपाल क्रिकेट संघ (क्यान) काे साधारण सभा स्थगित हुने भएको छ ।

कोरोनाबाट संक्रमित अध्यक्ष र सचिवको अवस्थामा सुधार नआएपछि क्यानले असोज अन्तिम साताका लागि निर्धारण गरेको साधारण सभा स्थगित गर्ने भएको हो ।

चितवनको सौराहामा असोज ६ गते बसेको क्यानको बोर्ड बैठकले वार्षिक साधारण सभा असोज २८ गते गर्ने निर्णय गरेको थियो ।बैठकले पहिलो पटक महिला खेलाडीलाई केन्द्रिय सम्झौतामा अनुबन्धन गर्दै घरेलु क्रिकेट प्रतियोगिताको तालिका सार्वजनीक गरेको थियो ।

तर खेलाडी वर्गीकरण पारदर्शी र वैज्ञानिक नभएको भन्दै आलोचना भएपछि क्यानले खेलाडी वर्गीकरणलाई पुनर्विचार गर्ने निर्णय गरेको थियो ।

क्यानले मंसिर १५ भित्र वार्षिक साधारण सभा सक्ने गरि असोज २८ गतेको तयारी स्थगित गर्ने निर्णय गरेको हो ।

Comments
Loading...