उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाइने

काठमाडौं– सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पतालहरुलाई कोभिड अस्पताल बनाउने भएको छ ।

यसका लागि स्वास्थ्य सेवा विभागसँग भएका स्वास्थ्य सामग्री ती अस्पतालहरुमा वितरण गरी आवश्यक व्यवस्थापन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज नियमित प्रेस ब्रिफिङका क्रममा यस्तो जानकारी दिएका हुन् । उनका अनुसार काठमाडौं उपत्यकाका अस्पतालहरुलाई आकस्मिक बाहेकका अन्य शल्यक्रियाहरु हालका लागि स्थगित गर्न निर्देशन समेत दिएको पनि प्रवक्ता गौतमले जानकारी दिए ।

Comments
Loading...