कोलकोतामाथि रोयल च्यालेन्जर्स बैंगलोरको ८२ रनको फराकिलो जित

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले कोलकोता नाइट राइडर्सलाई ८२ रनको फराकिलो रन अन्तरले पराजित गरेको छ ।

बैंगलोरले दिएको १९५ रनको लक्ष्य पछाएको कोलकोताले २० ओभरमा ९ विकेट गुमाउदै ११२ रन मात्र बनाएपछि खेल ८२ रनले गुमाएको हो ।
कोलकोताका लागि शुभमन गीलले सर्बाधिक ३४ रन बनाए भने आन्द्रे रसेल र राहुल त्रिपाठीले १६(१६ रन बनाएका थिए । कोलकोताका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।

त्यस्तै बैंगलोरका बलर वाशिंटन सुन्दर र क्रिस मोरिसले २(२ विकेट लिए भने युजवेन्द्र चहल, इसुरु उदाना, नवदीप सैनी र मोहमद सिराजले एक एक विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा २ विकेट गुमाउदै १९४ रन बनाएको थियो ।बैंगलोरका लागि एबी डिभिलीयर्सले आक्रामक ब्याटिंग गर्दै ३३ बलमा अविजित ७३ रन बनाएका थिए । डिभिलीयर्सले २३ बलमा आफ्नो अर्धशतक पुरा गरेका थिए ।

त्यस्तै एरोन फिन्चले ४७ रन बनाएका थिए भने कप्तान विराट कोहलीले अविजित ३३ रन बनाएका थिए । त्यस्तै ओपनर देवदत्त पाडिकलले ३२ रन बनाएका थिए ।

Comments
Loading...