विश्वमा एकैदिन तीन लाख सात हजारमा कोरोना संक्रमण

एजेन्सी । पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख ७ हजार ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ७४ लाख २३ हजार ६६० पुगेको छ ।

कोरोनाका कारण विश्वमा हालसम्म १० लाख ७४ हजार ८१७ संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ४४१ संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।

Comments
Loading...