पोखरामा उपचाररत एक संक्रमितको साँझ मृत्यु

हिमाली आवाज । पोखरामा उपचाररत एक कोरोना संक्रमितको आज साँझ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको छ ।

लमजुङ बेशीशहर नगरपालिका–२ निवासी ५६ वर्षीय पुरुषको साँझ ४ः२३ बजे कोरोना संक्रमणबाट मृृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

अस्पतालको कोभिड उपचार केन्द्रमा उनी गत असोज १८ गते भर्ना भएका थिए । मृतक कोरोनासँगै मधुमेह लगायतका रोगबाट ग्रसित रहेको जनाइएको छ ।

 

Comments
Loading...