बलात्कारका घटना मिलाएमा जनप्रतिनिधिलाईनै मुद्दा चलाइने

हिमाली आवाज । सरकारले बलात्कारका घटना सामसुम पार्ने तथा मिलाउने भूमिका खेलेका जनप्रतिनिधिलाई समेत कारवाही गर्ने भएको छ ।

महान्यायाधिवक्ता कार्यालयले बलात्कारका घटना मिलाउन भूमिका खेलेमा जनप्रतिनिधि विरूद्ध नै मुद्दा चलाउने चेतावनी दिएको हो । पछिल्लो समय देशभर बलात्कारका घटना घटेको तथा कतिपय घटना जनप्रतिनिधिकै उपस्थितिमा मिलापत्र गरिएकाले सरकारले त्यस्तो नगर्न कडा चेतावनी दिएको हो ।

मंगलबार कार्यालयले विज्ञप्ति जारी गर्दै बलात्कारसम्बन्धी घटनाहरूको मिलापत्र गराएमा मुद्दा चलाउने चेतावनी दिएको हो।पछिल्लो समय बलात्कारका घटनाहरूमा जनप्रतिनिधिहरूले नै मिलापत्र गराएको घटना बाहिरिएका छन्।

’यस्ता कसूरका सम्बन्धमा जानकारी हुने जो कोहीले प्रहरीमा सूचना दिनु पर्ने, अभियुक्तलाई पक्राउ गर्न, पीडितको उद्धार, उपचार, सहयोग र संरक्षण गर्नु पर्ने कानूनी दायित्व हो,’ महान्याधिवक्ता अग्निप्रसाद खरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ , ’सो दायित्व पुरा नगरी मिलापत्र हुन नसक्ने कसूरमा गैरकानूनी रुपमा मिलापत्र र सहमति गराउने कार्य आफैमा कसूरजन्य कार्य हो।’

Comments
Loading...