उपचाररत नेकपा सांसद सानुको निधन

काठमाडौं । संघीय सांसद सानु शिवा पहाडीको निधन भएको छ । पहाडीको बुधबार बिहान निधन भएको हो ।

संस्कृतिकर्मी समेत रहेकी शिवा सत्तारुढ दल नेकपाको तर्फबाट समानुपातिकतर्फको संघीय सांसद हुन् । शिवाको केही वर्षअघि मिर्गौला फेरिएको थियो । हाल उनमा मुटुको समस्या आएपछि काठमाडौँको केएमसी अस्पतालमा उपचार भइरहेको थियो ।

Comments
Loading...