देशभर दुई हजार ६०० संक्रमित थपिए,१२ को मृत्यु

हिमाली आवाज । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ६३८ कोरोना संक्रमित थपिएका छन् । त्यसैगरी देशभर १२ जनाको कोरोनाबाट निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ पुगेको छ ।

हाल संस्थागत आइसोलेशनमा १४ हजार ८१९ र होम आइसोलेशन २१ हजार ५४८ जना रहेका छन् । यस्तै बितेको २४ घण्टामा १३ हजार ९४७ जनाको पीसीआर भएको छ ।

काठमाडौं उपत्यकामा थप १४०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ९९६, भक्तपुरमा १०२ र ललितपुरमा ३०५ गरी १४०३ जनामा संक्रमण पुष्टि भएको गौतमले जानकारी दिए ।

यससँगै देशभर कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ जना पुगेको छ भने निको हुनेका संख्या ८०,९५४ रहेको जनाइएको छ ।

Comments
Loading...