कोरोना बीमा गरेकाको सरकारले उपचार नगर्ने, बिमा रकमबाट गर्नुपर्ने

हिमाली आवाज । कोरोना बिमा गरेकाले संक्रमण भएको खण्डमा आफ्नो उपचार खर्च बिमाबाटै भुक्तानी गर्नुपर्ने भएको छ ।

सरकारले कोरोना बीमा गरेकाहरुको हकमा निःशुल्क उपचार नगर्ने भएको हो । बुधबार नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आर्थिक रुपले विपन्न, एकल महिला, अति अपाङ्गता भएका व्यक्तिको मात्रै निःशुल्क कोरोना परीक्षण गर्ने बताए।

सरकारले संक्रमित व्यक्तिले कोरोना बिमा गरेको भए खर्च बिमा रकमबाट नै व्यवस्थापन गर्नुपर्ने प्रवक्ता डा. गौतमले बताए।

Comments
Loading...