कोरोना संक्रमणबाट नेपालमा एकै परिवारका तीन जनाको मृत्यु

दमौली । नेपालमै पहिलो चोटी कोरोना सङ्क्रमणबाट एकै परिवारका तीनको मृत्यु भएको छ ।

तनहुँको भीमाद नगरपालिकाका एकै परिवारका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । भीमाद नगरपालिका–६ का ९८, ७५ र ७२ वर्षीय एक बाबु र दुई छोरा छन् ।

९८ वर्षीय पुरुषको काठमाडौँस्थित मेडिसिटी अस्पतालमा असोज २५ गते, ७५ वर्षीय पुरुषको काठमाडौँस्थित बिएण्डवी अस्पतालमा असोज २४ गते र ७२ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा असोज १९ गते मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । ९८ वर्षीय बाबु बिरामी परेपछि चितवनस्थित एक अस्पतालमा भर्ना गरिएको थियो ।

अवस्था सुधार नभएपछि काठमाडाँै लगियो । उपचारका क्रममा उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो । बुबाको स्यहारसुसारमा खटिएका दुई छोरालाई पनि पछि कोरोना देखिएको थियो ।

Comments
Loading...