मुटुरोगी दुरालाई अभियानद्धारा संकलित साढे चार लाख हस्तान्तरण

हिमाली आवाज । पोखरा महानगरपालिका वडा नंं ३१ निवासी मुटुरोगी कर्णबहादुर दुरालाई सहयोग गर्न शुरु गरिएको दुराकान्छा बचाउन अभियानले बुधबार एक कार्यक्रमको आयोजना गरि रकम हस्तान्तरण गरेको छ ।

स्थानीय युवा महेश पौडेलको संयोजकत्वमा गठित दुरा कान्छा बचाउ अभियानले संकलन गरेको चार लाख ५२ हजार रुपैया दुरालाई हस्तान्तरण गरिएको हो ।

नेपाल सरकारका पूर्ब कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञवहादुर थापाले सहयोग रकम हस्तान्तरण गर्दै, स्वास्थ्यमा नागरिकको सहज पहुँच नहुँदा विपन्न नागरिकलाई बाँच्न गाह्रो भएको बताए ।

आर्थिक हिसाबले विपन्न अवस्थामा रहेका नागरिकको सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्ने अवस्था नआएसम्म यस्ता अभियानले धेरै नागरिकलाई पुर्नजीवन दिने उल्लेख गरे । थापाले यस्तो अभियान एक दुई जनाबाट मात्रै नहुने भन्दै, युवाहरुको एकताले धेरै कुरा संभव बनाएको बताए ।

कार्यक्रममा नेपाली काग्रेस कास्कीका सचिव सुदिप मोहन भट्टराईले सामाजिक अभियानमा राजनितिभन्दा माथि उठेर सवैले सहयोग गर्न सके कठिन परिस्थितिमा रहेका धेरै नागरिकलाई बचाउन सकिने उल्लेख गरे ।

काग्रेसका स्थानीय नेता राजेन्द्रमणि लामिछाने र ढकनाथ कडेलले दुरा कान्छा बचाउन अभियानले जुटाएको सहयोगको प्रशंसा गरे ।
अभियानका संयोजक महेश पौडेलको संयोजकत्वमा भएको कार्यक्रममा स्थानीय युवा ध्रुव अधिकारी, नवराज ओझा लगायतले अभियानका बारेमा बोलेका थिए ।

संयोजक पौडेलले रकम हस्तान्तरण पछि औपचारिक रुपमा अभियानको समापन भएको घोषणा गरेका थिए । उनले अभियानमा सहयोग गर्नेहरुलाई धन्यवाद दिएका थिए ।

बिगत एकबर्ष देखी मुटुरोगबाट पिडित दुराको शहिद गंगालाल हृदय रोग केन्द्र काठमाण्डौमा शल्यक्रियाको तयारी भईरहेको छ ।

Comments
Loading...