विहानै पोखरामा ३० सहित गण्डकीमा ९२ संक्रमित थपिए

हिमाली आवाज । गण्डकी प्रदेशमा आज एकाविहानै ठूलो संख्यामा कोरोना संक्रमित थपिएका छन् प्रदेश स्वास्थ्य निर्देशनालयका अुनसार पोखरा महानगरपालिकामा ३० सहित गण्डकी प्रदेशमा ९२ संक्रमित थपिएका हुन् ।

प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा बाग्लुङमा ५१, गोर्खामा सात, नवलपरासीमा छ र लमजुङमा तीन जना छन् । सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङका आधार पहिचान भएको जनाइएको छ । हालसम्म गण्डकी प्रदेशमा संक्रमितको संख्या पाँच हजार २८४ पुगेको छ ।

Comments
Loading...