आगामी तीन दिनको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

हिमाली आवाज । मौसम पूर्वानुमान महाशाखाले आजदेखी शनिबारसम्म देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार बंगालको खाडीमा बनेर तेलांगना माथि रहेको शक्तिशाली निम्न चापीय क्षेत्र कमजोर भई पश्चिम–उत्तरपश्चिम दिशामा अरब सागरतिर सर्ने क्रममा छ।

हाल नेपालका प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्य तया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

Comments
Loading...