संक्रमण बढेको भन्दै घटस्थापनादेखिनै दशैँ विदा दिन सचिवहरूको सुझाव

हिमाली आवाज । विभिन्न मन्त्रालयका सचिवहरूले सरकारलाई घटस्थापना (१ कात्तिक) देखि नै दसैं बिदा दिन सुझाव दिएका छन्।

सरकारको नियमित दसैं बिदा ७ कात्तिक (फूलपाती) देखि ११ कात्तिकसम्म मात्र छ। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सचिवहरुले यस वर्ष लामो दसैं बिदा दिन सुझाब दिएका हुन्।

प्रधानमन्त्रीका सल्लाहकार र मन्त्रीहरूलाई समेत संक्रमण भएपछि विभिन्न मन्त्रालयका सचिवहरूले मुख्य सचिव शंकर बैरागीलाई भेटेर यस्तो सुझाब दिएको बताइन्छ ।

Comments
Loading...