अनिश्चितकालका लागि पोखरा महानगरका सेवा बन्द

हिमाली आवाज । कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि पोखरा महानगरपालिकाले आजदेखी अत्यावश्यक बाहेकका सबै सेवा बन्दको घोषणा गरेको छ।

महागनरपालिका कार्यालयमा कार्यरत केही कर्मचारीलार्ई कोरोना सङ्क्रमण पुष्टि भएको तथा अन्य केही कन्ट्याक्ट ट्रेसिङमा परेपछि महानगरबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा स्थगित गरिएको महानगर प्रमुख मानबहादुर जिसीले आज सूचना जारी गरी जानकारी दिएका छन् ।
अर्को सूचना जारी नगर्दासम्म महानगरका सेवा बन्द गरिएको जानकारी महानगरले जनाएको छ ।त्यसैगरी महानगरपालिकाले यस अवधिमा आयोजना गर्ने तय गरेका सम्पूर्ण बैठक, कार्यक्रम तथा महानगरका पदाधिकारीलाई आमन्त्रण गरिएका कार्यक्रमहरुमा समेत पदाधिकारी उपस्थित नहुने महानगर प्रमुख जिसीले जानकारी दिए ।

महानगरबाट प्रदान गरिने सेवा बन्द भएपनि वडा कार्यालय तथा अन्य विषयगत कार्यालयको सेवा भने सुचारु रहेको जनाइएको छ ।

Comments
Loading...