नवनियुक्त तीन मन्त्रीले लिए सपथ

काठमाडौं । बुधबार नियुक्त भएका तीन जना मन्त्रीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

बिहीबार बिहान शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लीलानाथ श्रेष्ठलाई क्रमशः अर्थ, शहरी विकास र महिला बालबालिका तथा जेष्ठ मन्त्रीमा पद तथा गोपनियताको सपथग्रहण गराएकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पौडेल र श्रेष्ठद्वयलाई मन्त्री नियुक्त गर्न सिफारिस गरेका थिए ।सपथ लगत्तै तीनै जना मन्त्रीले आजै सिंहदरवार पुगेर कार्यभार सम्हाल्दैछन् ।

Comments
Loading...