३७४९ कोरोना संक्रमित थपिए

हिमाली आवाज । आज एकै दिन देशभर तीन हजार ७४९ कोरोना संक्रमित थपिएका छन् । केही दिनयता संक्रमित थपिदै जाने क्रममा आज झन्डै चार हजार हाराहारीमा संक्रमित थपिएका हुन् ।

यसैबीच पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १९ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार ७४९ संक्रमित थपिएको जानकारी दिए । त्यसैगरी पछिल्लो २४ घण्टामा तीन हजार ५६४ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

त्यसैगरी हालसम्म ८४ हजार ५१८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६९ दशमलव ४ प्रतिशत रहेको छ ।

 

Comments
Loading...