माछापुच्छ्रेमा जीप दुर्घटना

हिमाली आवाज ।कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ कालिमाटीमा आज साँझ जीप दुर्घटनामा परी चालक सामान्य घाइते भएका छन् ।

पोखरा–२५ मिलनचोकबाट वडा नं ९ को सिदिङतर्फ जाँदैै गरेको ग १ ज ६६६७ नम्वरको जीप साँझ ४ बजे कालीमाटीमा विपरित दिशाबाट आएको गाडीलाई साइड दिने क्रममा ब्याक गर्दा सडकबाट  तल खसेर दुर्घटना भएको सोही वडाका वडाध्यक्ष कृष्णप्रसाद दवाडीले जानकारी दिए ।

जीपमा छ जना यात्रु रहेकामा साइड दिने बेलामा सबै जना गाडीबाट झरेकाले मानविय क्षति हुनबाट जोगिएको उद्धार कार्यमा खटिएका स्थानीयवासी पशुपति दाहालले हिमाली आवाजलाई बताए ।

चालकको टाउकामा चोट लागेकाले अर्को जीपबाट उपचारका लागि पोखरा पठाइएको बताइन्छ । 

Comments
Loading...