मुर्छा परेर ढलेका वडाध्यक्षको उपचारका क्रममा निधन

बैतडी । सुर्नया गाउँपालिका वडा नं ५ का वडाध्यक्ष केशव मडैको निधन भएको छ ।

बिहान घरमै रहेका बेला एक्कासी मुर्छा परेर ढलेपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल बैतडीमा पु¥याएपछि दिउँसो ३ बजेतिर निधन भएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । मडै ७० वर्ष उमेरका थिए ।

वडाध्यक्ष मडै लामो समयदेखि मधुमेह, उच्च रक्तचाप र कमलपित्तको बिरामी रहेको गाउँपालिकाका उपाध्यक्ष लीला विष्टले जानकारी दिइन् । वडाध्यक्ष मडैको तीनचार दिनदेखि नै स्वास्थ्यावस्था सामान्य नरहेको बुझिन आएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए।

Comments
Loading...