कास्कीमा निर्माणाधीन सेती नदी जलविद्युत आयोजनाका लागि तीन अर्व ५० करोड ऋण सम्झौता

हिमाली आवाज ।  भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडद्वारा कास्कीको माछापुच्छ«े गाँउपलिका–२ भराभरीमा निर्माणाधिन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजना निर्माणका लागि आज विभिन्न बंैक तथा वित्तिय संस्थाहरुसंग ऋण सम्झौता भएको छ ।

कम्पनी मार्फत निर्माण सम्पन्न गरिने सो आयोजनाका लागि एनएमबि बैँकको अगुवाईमा एनएमबि बैँकमार्फत रु दुई अर्व २० करोड, कर्मचारी सञ्चय कोषमार्फत रु ८० करोड र कृषि विकास बैंक मार्फत रु ५० करोड गरी रु दुई अर्व ५० करोड ऋण लगानी हुने सम्झौता भएको हो ।
सम्झौता पत्रमा कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेल र एनएमबि बैँकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले हस्ताक्षर गरेका छन् ।

आयोजनाका कूल लागत रु पाँच अर्व मध्यमा बैंकहरुबाट सो रकम लगानी हुनेछ भने काठमाण्डौ, पोखरा, चितवन, तनहँु, विशेष रुपमा बुटवलवासी र माछापुच्छ«े गाँउपलिकाका स्थानीयहरु समेत शेयरधनी भई प्रवर्दकहरुको तर्फवाट ३० प्रतिशतले हुन आउने रु एक अर्व ५० करोड लगानी हुने छ।आयोजनाले विद्युत उत्पादन पछि आइपिओ मार्फत स्थानिय र सर्वसाधारणको लागि शेयर जारी गर्ने जनाएको छ ।

कम्पनीले आयोजनाको लागि पहुचमार्ग निर्माणको काम र जग्गा खरिदको काम पनि सम्पन्न गरिसकेको छ भने सिभिल निर्माणको कार्य रसुवा लुना जे भी ले गरिरहेको बताउँदै कार्यकारी अध्यक्ष पोखरेलले आगामी दुई बर्ष भित्रमा मुख्य निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको बताए ।
सेतीनदी जलविद्युत आयोजनाबाट उत्पादित बिजुली लाहाचोक सव स्टेसन सम्म १३२ के.भि.ए.को ४ किलोमिटर ट्रान्मिसन लाईन मार्फत नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रशारण लाईनमा जोडिने छ ।

यस आयोजना निर्माण भएपछि कास्की जिल्लाको समग्र विकासको लागी कोशेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ । आयोजनालाई हालको अवस्थामा पु¥याउन सरकारी निकाय, स्थानीय सरकार, जनता, राजनीतिकदल एवम् सर्वसाधारणले गरेको योगदान प्रति अध्यक्ष पोखरेलले आभार व्यक्त गरे ।

संझौता हुनुअघि भर्चअल कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा ऋण प्रदान गर्ने संचय कोषका अर्जुन गौतम, कृषि विकास बैंक, मिनराज पोखरेल, एमएमवीका दिनेश दुलालले लगानीकर्ता तथा सञ्चालक समितिको दृढता र सक्रियता, आयोजनाको प्राविधिक तथा स्थलगत अवस्था लगायतलाई हेरेर लगानी गर्ने निश्कर्षमा पुगेको बताए ।

भिजन लुम्बिनी उर्जा लिमिटेडका फाइनान्सियल कन्सल्टेन्ट नारायण पौडेलले आयोजना नेपालकै नमूना बन्ने बताए । कर्मचारी सञ्चय कोषका अर्जुन गौतमले प्रोमोटरहरुको दृढता र उर्जाशिल टिमलाई हेरेर लगानी गरिएको बताए । कृषि विकास बैंकका मिनराज पोखरेलले नमुना परियोजनाका पूर्व निर्धारित समय र लगानीमा सम्पन्न हुने आधार देखिएको बताए ।

आयोजनका बोर्ड सदस्य एवं स्थानीय समाजसेवी बमबहादुर गुरुङले आयोजना पारदर्शी र मितव्ययी रुपमा सम्पन्न हुने बताउँदै वडा अध्यक्ष विक्रम गुुरुङ गाउपालिका अध्यक्ष कर्र्ण गुरुङ लगायत स्थानीय सरकारबाट राम्रो सहयोग प्राप्त भएको बताए ।

Comments
Loading...