एक महिला डेढ वर्षीय छोरा सहित नदीमा फाल हानिन्

चितवन । चितवनकी एक महिलाले डेढ वर्षीय छोरा सहित राप्ती नदीमा फाल हानेकी छन् ।

नदीमा डुब्दा छोरोको मृत्यु भएको छ भने आमालाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
भरतपुर महानगरपालिका २२ पटिहानीकी ३५ वर्षीया हेमन्ती बोटे छोरोसहित नदिमा हेलिएकी हुन्। उद्धारपछि प्रहरीले हेमन्तीलाई पक्राउ गरेको छ।

घटनापछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय गितानगरको टोलीले आमाछोराको खोजी सुरु गरेको थियो।आमालाई फाल हानेको स्थान नजिकैबाट सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । उनका डेढ वर्षको छोरो शव करिब २ किलोमिटर तल मेजरघाटमा फेला परेको छ।

उनले छोरासहित आत्महत्या गर्न खोज्नुको कारण खुलेको छैन। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Comments
Loading...