महिलामात्र आवद्ध लायन्स डायमण्ड भिलेजको रक्तदान कार्यक्रमबाट ५९ युनिट रगत संकलन

हिमाली आवाज । महिलामात्र आवद्ध रहेको लायन्स क्लब अफ पोखरा डायमण्ड भिलेजले आज पोखरामा आयोजना गरेको खुला रक्तदान कार्यक्रमबाट ५९ युनिट रगत संकलन भएको छ ।

गण्डकी प्रदेशको राजधानी शहर पोखरामा रगतको माग उच्च हुने भएकाले सहज आपूर्तिका लागि कार्यक्रम गरिएको क्लबले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रथम डिष्ट्रिक्ट गर्भनर विशेश्वरप्रसाद आचार्यले लायन्स क्लबहरुले सामाजिक उत्तरदायित्वका क्रियाकलापहरुमा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा डिष्ट्रिक्ट को चिफ एडभाइरजर सुचित्रा थापा, डिर्पाटमेन्ट चिफ बालकृष्ण शर्मा,शिवराज आचार्य,क्लष्टर चिफ शम्भुराज बास्तोला,रिजन चियर पर्सन पुष्पकुमारी आचार्य,रिजन चियर पर्सन शान्त थापा,जोन चियर पर्सन पवित्रा न्यौपाने लगायतले लायन्स गतिविधिका बारेमा भनाई राखेका थिए ।

क्लबका अध्यक्ष लक्ष्मी कोइरालाको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा क्लबका प्रथम उपाध्यक्ष लक्ष्मी भ्टटराई थापाले स्वागत तथा सचिव कमला गुरुङ कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

डाबर नेपाल, प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जीवहादुर कोइरालाले कार्यक्रमलाई सहयोग गरेका थिए । त्यसैगरी शान्ता गुरुङले रु दुई हजार ५०० सहयोग उपलव्ध गराएको क्लबका अध्यक्ष कोइरालले जानकारी दिइन् ।

Comments
Loading...