आफू रहेकै ठाउँमा दशैँ मनाउन कास्की प्रशासनको आदेश(सूूचना सहित)

हिमाली आवाज । जिल्ला प्रशासन कार्यलय कास्कीले प्रशासनले चाडपर्व यथासम्भव आफू रहेकै स्थानमा बसेर मनाउन र हिँडडुल नगर्न समेत आग्रह गरेको छ ।

चाडपर्वका क्रममा अधिक आवागमन र हिँडडुलका कारणकोरोना संक्रमण बढ्ने तर्फ प्रशासनले सचेत गराएको छ । दशैँको घटस्थापनादेखी नवमीसम्म जिल्लाका विभिन्न मन्दिर तथा शक्तिपिठहरुमा भीडभाड बढ्न सक्ने तर्फ सचेत रहन जिल्लावासीमा अनुरोध गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले आज सार्वजनिक सूचना जारी गरी कोरोना संक्रमणतर्फ सचेत रहन आग्रह गर्दै नियमित पूजापाठका काममा बाहेक दशैँ पनि पनि मठ मन्दिर तथा शक्तिपिठहरुमा दर्शन गर्न रोक लगाइएको जानकारी दिए ।

त्यसैगरी लक्षण नभएका कोरोना संक्रमितहरु बाहिर हिडडुल गरेको सूचना प्राप्त भएको भन्दै अनिवार्य होम आइसोलेशनमा बस्न समेत आग्रह गरिएको छ ।

Comments
Loading...