अन्नपूर्णको सामुदायिक पब्लिक एफएम सञ्चालनमा

हिमाली आवाज। अन्नपूर्ण एफ.एम. प्रा.लि.को सामुदायिक पब्लिक एफ.एफ.को आज घटस्थापनाको अवसरमा शुभारम्भ गरिएको छ ।

केही समय अघि दखि म्युजिक एफ.एम.को रुपमा संचालन गरिएकामा त्यसलाई नयाँ ढंगले परिमार्जन सहित सामुदायिक पब्लिक एफ.एमको रुपमा सञ्चालनमा ल्याइएको प्रालिका अध्यक्ष विश्वशंकर पालिखेले बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले पब्लिक एफएमको शुभारम्भ गर्दै सञ्चार माध्यमहरु कोरोनाको कारण संकटमा परेका वेला नयाँ संचार माध्यम संचालन गर्नु अर्को चूनौती भएको बताए । समुदायमा समर्पित हुने गरी एफएमले जनतालाई सकरात्मक सन्देश दिने उनले विश्वास व्यक्त गरे ।

अन्नपूर्णकै उचाईमा पब्लिक एफएम पुग्ने विश्वास प्रा.लि.का अध्यक्ष पालिखेले गरे । उनले भने “हाम्रा श्रोता र शुभेच्छुकहरुको साथ र सहयोगले गर्दा आज हामी यो स्थानमा रहेका छौं, आगामी दिनमा पनि सवैको साथ र सहयोगले यसलाई रेडियो अन्नपूर्णकै स्थानमा लैजान सक्छौँ ।”
प्रा.लि.का प्रबन्ध निर्देशक सुनयना पालिखले जनताको इच्छा चहाना अनुसारको कार्यक्रम प्रस्तुत गर्ने बताइन् ।

यसैबीच अन्नपूर्ण एफएमको स्टेशन म्यानेजरमा सञ्जय मल्ल नियुक्त भएका छन् । उनले सबैको साथ र सहयोगले रेडियोको साख जोगाउने गरी कुसलता पूर्वक जिम्मेवार बहन गर्ने बताए ।

Comments
Loading...